तफ्सीर (व्याख्या)

उत्तर: सूरह फातिहा र यसको व्याख्या:
(बिस्मिल्ला हिर्रहमा निर्रहीम। अल्हम्दु लिल्लाही रब्बिल् आलमीन। अर्रहमानि र्रहीम। मालिकि यौमिद्दीन। इय्याक नअ बुदु व इय्याक नस्तईन्। इह् दिनस्सिरातल मुस्तकीम। सिरातल्लदीन अन् अम्त अलै हिम। गैरिल-मग्दूबि अलै हिम व लद्दाल्लीन।) [फातिहा: १-७]
तफ्सीर:
अल्लाहको किताब (कुर्आन); यस सूरहबाट आरम्भ भएको हुनाले यसको नाम अल्-फातिहा राखिएको हो।
१. (बिस्मिल्ला हिर्रहमा निर्रहीम्।)
अत्यन्त करूणामय परम दयालु अल्लाहको नामबाट आरम्भ गर्दछु। अल्लाहको नाम लिएर, उहाँको मद्दत र उहाँको नामको बरकत (आशीर्वाद) खोज्दै कुरआन पढ्न सुरु गर्दछु।
- (अल्लाह) अर्थात्: वास्तवकि उपास्य र यो नाम उहाँ बाहेक अरू कसैका लागि प्रयोग गरिँदैन।
- (अल् रह्मान) अर्थात्: असीम दयालु, जसको दया हरेक कुरालाई समेटेको छ।
- (अर्-रहीम) अर्थात्: आस्थ्वानहरूप्रति विशेष दयावान।
२. (अल्हम्दु लिल्लाही रब्बिल् आलमीन।) अर्थात्: सबै प्रकारका प्रशंसा र पूर्णता केवल अल्लाहकै लागि हुन्।
३. (अर्रहमानि र्रहीम) अर्थात्: असीम दयाको स्वामी, जसको दया प्रत्येक वस्तुलाई समेटेको छ र ईमानवालाहरूमाथि दया गर्ने स्वामी।
४. (मालिकि यौमिद्दीन।) अर्थात्: कयामतको दिनको मालिक हुनुहुन्छ।
५. (इय्याक नअ्बुदु वइय्याक नस्तईन।) अर्थात्: हामी तपाईंलाई मात्र उपासना गर्छौं र तपाईंसित मात्र सहायता माग्छौं।
६. (इह् दिनस्सिरातल मुस्तकीम।) अर्थात्: हामीलाई इस्लाम र सुन्नतको मार्गदर्शन गर्नुहोस्।
७. (सिरातल्लजीन अन्अम्त अलैहिम, गैरिल् मग्जूबि अलैहिम् वलज्जाल्लीन।) अर्थात्: यो नबीहरू र तिनका सच्चा अनुयायीहरूको मार्ग हो, इसाई र यहूदीहरूको मार्ग होइन।
- यसलाई पढेपछि “आमीन” भन्नु सुन्नत हो, अर्थात्: “हाम्रो प्रार्थना स्वीकार गर्नुहोस्”

उत्तर: सूरह “अज्जलजला” र यसको व्याख्या:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(इजा जुल्जिलतिल् अर्जु जिल्जालहा। व अख्रजतिल् अर्जु अष्कालहा। व कालल् इन्सानु मा लहा। यौम इजिन् तुहद्दिषु अख्बारहा। बि अन्न रब्बक औहा लहा। यौमइजिइँ यस्दुरुन्नासु अश्तातल् लियुरौ आमालहुम। फमैँ यअ्मल् मिष्काल जर्रतिन् खैरैँ यरह। व मैँइ यअ्मल मिष्काल जर्रतिन् शर्रैं यरह।) [सूरह अज्जलजला: १- ८]
तफ्सीर:
१. (इजा जुल्जिलतिल् अर्जु जिल्जालहा।): जब पृथ्वीलाई अत्यधिक हल्लाइन्छ, जुन कयामतको दिन हुने छ।
२. (व अख्रजतिल् अर्जु अष्कालहा।): पृथ्वीले आफ्ना गर्भमा भएका (मृतक) र अरू सबैलाई बाहिर निकाल्छ।
३. (व कालल् इन्सानु मा लहा।) मानिस चकित हुँदै भन्छ: “पृथ्वी किन यसरी हल्लिरहेको र अशान्त छ?”

४. (यौम इजिन् तुहद्दिषु अख्बारहा।) त्यो महान् दिनमा पृथ्वीले आफूमा गरिएको असल र खराबको बारेमा बताउनेछ।
५. (बि अन्न रब्बक औहा लहा।) किनभने अल्लाहले त्यसलाई सिकाएको छ र यसो गर्न आदेश दिएको छ।
(यौमइजिइँ यस्दुरुन्नासु अश्तातल् लियुरौ आमालहुम।): त्यो महान् दिनमा, जब पृथ्वी हल्लिन्छ, मानिसहरू आफूले संसारमा गरेका कर्महरू हेर्नका लागि हिसाबको स्थानबाट छुट्टाछुट्टै समूहमा निकालिनेछन्।
७. (फमैँ यअ्मल् मिष्काल जर्रतिन् खैरैँ यरह।): जसले सानो कमिलाको तौल जति पनि राम्रो गरेको रहेछ; उसले त्यसलाई आफ्नो अगाडि पाउनेछ।
८. (व मैँइ यअ्मल मिष्काल जर्रतिन् शर्रैं यरह।) जसले सानो कमिलाको तौल जति पनि नराम्रो गरेको रहेछ; उसले त्यसलाई आफ्नो अगाडि पाउनेछ।

उत्तर: सूरह आदियात र यसको तफ्सीर:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(वल् आदियाति जब्हा। फल् मुरियाति कद्हा। फल् मुगिराति सुब्हा। फ अषर्न बिहि नक्आ। फ वसत्न बिहि जम्आ। इन्नल् इन्सान लि रब्बिहि लकनूद। व इन्नहु अला जालिक लशहीद। व इन्नहु लिहुब्बिल् खैरि ल शदीद। अ फला याअ्लमु ईजा बुअ्षिर मा फिल् कुबूर। व हुस्सिल मा फिस्सुदूर। इन्न रब्बहुम् बिहिम् यौमइजिल् लखबीर। [सूरह अल्-आदियात: १-११]
तफ्सीर:
१. (वल् आदियाति जब्हा)
: अल्लाहले ती घोडाहरूको कसम खानुभएको छ, जुन यति तेज दौड्छन् कि दौडको तीव्रताले गर्दा तिनीहरूको सास फेर्दा आवाज पनि आउँछ।
२. (फल् मुरियाति कद्हा): अल्लाहले ती घोडाहरूको पनि कसम खानु भएको छ, जो जब ढुङ्गामा आफ्ना खुर मार्छन्, त्यसको प्रहारले आगो बाल्छ।
३. (फल् मुगिराति सुब्हा।): उहाँले ती घोडाहरूको कसम खानु भएको छ, जो बिहानको समयमा शत्रुहरूमाथि आक्रमण गर्छन्।
४. (फ अषर्न बिहि नक्आ।): ती घोडाहरूको दौडले धुलो उडाउँछ।
५. (फ वसत्-न बिहि जम्आ।): उनीहरूले आफ्ना घोडाका खुरहरू प्रयोग गरी शत्रुहरूको समूहको बीचबाट घुस्छन्।
६. (इन्नल् इन्सान लि रब्बिहि लकनूद।): मानिस वास्तवमा त्यस भलाइमा कन्जुस्याइँ गर्छ, जुन उसको मालिकले उबाट चाहनुहुन्छ।
७. (व इन्नहु अला जालिक लशहीद।): अनि भलाइ रोकथाम गर्न ऊ आफै साक्षी हो; किनभने यो यति स्पष्ट कुरा हो कि उसले यसलाई अस्वीकार गर्न सक्दैन।
८. (व इन्नहु लिहुब्बिल् खैरि ल शदीद।): धनप्रति अत्यधिक मोहका कारण त्यसलाई खर्च गर्न कञ्जुस्याइँ गर्छ।
९. (अ फला याअ्लमु ईजा बुअ्षिर मा फिल् कुबूर।): के यो जीवनको मोहमा परेकाे मानिसलाई थाहा छैन, जब अल्लाह तआलाले मृतकहरूलाई कब्रबाट निकालेर हिसाबकिताबका लागि पेश गर्नुहुन्छ, तब कुरा त्यस्तो हुँदैन जसरी उसले ठानिरहेको थियो?!
१०. (व हुस्सिल मा फिस्सुदूर।): व्यक्तिको हृदयमा भएका इरादाहरू, विश्वासहरू र अन्य कुरा सबै प्रकट र स्पष्ट गरिनेछन्।
११. (इन्न रब्बहुम् बिहिम् यौमइजिल् लखबीर।): त्यस दिन तिनीहरूका पालनकर्ता तिनीहरूको बारेमा पूरा खबर राख्नुहुनेछ; उहाँका दासहरूको कुनै पनि कुरा उहाँबाट लुक्दैन र उहाँले तिनीहरूलाई सोही अनुसार प्रतिफल दिनुहुनेछ।

उत्तर: सूरह अल-कारियह र यसको तफ्सीर:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(अल् कारियह। मल् कारियह। वमा अदराक मल् कारियह। यौम यकूनुन्नासु कल् फराशिल मब्षूष। व तकूनुल् जिबालु कल् इह्निल् मन्फूश। फ अम्मा मन षकुलत् मवाजीनुह। फहुव फी ईशतिर्राजियह। वअम्मा मन् खफ्फत् मवाजीनुहु। फ उम्मुहु हावियह। व मा अदराक माहियह। नारुन् हामियह। [सुरह अल् कारियह: १-११]
तफ्सीर:
१. (अल् कारियह।)
: त्यो घडी (कयामतको समय) जसले आफ्नो भयानकता कारण मानिसहरूको हृदयलाई हल्लाउँछ।
२. (मल् कारियह।): के हो त्यो घडी, जसले आफ्नो भयानकता कारण मानिसहरूको हृदयलाई हल्लाउँछ?!
३. (वमा अदराक मल् कारियह।): हे सन्देष्टा! के म तपाईंलाई नबताऊँ, त्यो घडी, जसको भयावहताले मानिसहरूको हृदयमा कम्पन ल्याउँछ, त्यो कयामतको दिन हो।
४. (यौम यकूनुन्नासु कल् फराशिल मब्षूष।): त्यो दिन जब मानिसहरूको हृदय कम्पन गर्छ, उनीहरू यताउता छरिएका किरा फट्याङ्गाहरू जस्ता फैलिएका हुनेछन्।
५. (व तकूनुल् जिबालु कल् इह्निल् मन्फूश।): पहाडहरू हल्का भएर रुईझैँ सजिलै हल्लिने छन्।
६. (फ अम्मा मन षकुलत् मवाजीनुह।): जसको राम्रो काम नराम्रो कामभन्दा बढी हुन्छ।
७. (फहुव फी ईशति र्राजियह।): ऊ स्वर्गमा आनन्दको जीवनमा हुनेछ।
८. (व अम्मा मन खफ्फत् मवाजीनुह।): जसको राम्रो कामभन्दा नराम्रो काम बढी हुन्छ।
९. (फ उम्मुहु हावियह।): कयामतको दिन उसको बासस्थान र विश्रामस्थल नर्क हो।
१०. (व मा अदराक मा हियह।): हे सन्देष्टा! तपाईंलाई के थाहा यो के हो?
११. (नारुन् हामियह।): यो अत्यन्त तातो आगो हो।

उत्तर: सुरह तकासुर र यसको तफ्सीर:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(अल्हाकुमुत्-तकासुर। हत्ता जुर्तुमुल् मकाबिर। कल्ला सौफ तअलमून। षुम्म कल्ला सौफ तअ्लमून। कल्ला लौ तअलमून इल्मल् यकीन। लतरउन्नल् जहीम। सुम्म लतरउन्नहा ऐनल् यकीन। युम्म लतुस्‌अलुन्न यौमइजिन् अनिन् न’ईम। [सूरह अत्-तकासुर: १-८]
तफ्सीर:
१. (अल्हाकुमुत्-तकाषुर)
: हे मानव! धन र सन्तानको घमण्डले तिमीहरूलाई अल्लाहको आज्ञापालनबाट व्यस्त नाएको छ।
२. (हत्ता जुर्तुमुल् मकाबिर): यहाँसम्म तिमीहरू मरेर आफ्ना चिहानहरूमा प्रवेश गर्यौ।
३. (कल्ला सौफ तअलमून): धन र सन्तानको घमण्डले तिमीहरूलाई अल्लाहको आज्ञापालनबाट व्यस्त हुनु उचित थिएन। चाँडै नै तिमीहरूले यस व्यस्तताका परिणाम थाहा पाउनेछौ।
४. (षुम्म कल्ला सौफ तअ्लमून): त्यसपछि तिमीहरूले त्यसको परिणाम थाहा पाउनेछौ।
५. (कल्ला लौ तअलमून इल्मल् यकीन): साँचै, तिमीहरू अल्लाहतर्फ पुनः उठाइनेछौ र उहाँले तिमीहरूका कर्मअनुसार प्रतिफल दिनुहुनेछ भनेर तिमीहरूलाई पूर्ण विश्वास हुन्थ्यो भने तिमीहरू धन र सन्तानको घमण्डमा अल्झिने थिएनौ।
६. (लतरउन्नल् जहीम): अल्लाहको कसम, तिमीहरूले अवश्य नै कयामतको दिन आगो (नरक) देख्नेछौ।
७. (सुम्म लतरउन्नहा ऐनल् यकीन): त्यसपछि तिमीहरूले त्यसलाई निश्चय नै पूर्ण विश्वासका साथदेख्नेछौ, जसमा कुनै शङ्का हुँदैन।
८. (सूम्म लतुस्‌अलुन्न यौमइजिन् अनिन् न’ईम): त्यसपछि अल्लाहले तिमीहरूलाई दिनुभएका स्वास्थ्य, धनसम्पत्ति र अन्य नेमतहरूबारे त्यस दिन अवश्य प्रश्न गर्नु हुनेछ।

उत्तर: सुरह अस्र र यसको तफ्सीर:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(वल्-अस्र। इन्नल्-इन्सान लफी खुस्र्‌। इल्लल्लजीन आमनू व अमिलुस्सालिहाति व तवासव् बिल्-हक्कि व तवासव् बिस्सब्र। [अल-अस्र: १-३]
तफ्सीर:
१. (वल् अस्र)
: अल्लाह सुब्हानहु व तआलाले समयको कसम खानुभएको छ।
२. (इन्नल् इन्सान लफी खुस्र): अर्थात्: सबै मानिसहरू घाटा र विनाशमा छन्।
३. (इल्लल्लजीन आमनू व अमिलुस्सालिहाति व तवासव् बिल्-हक्कि व तवासव् बिस्सब्र): तर जसले ईमान (विश्वास) ल्याए र सत्कर्म गरे तथा सत्यतर्फ आह्वान गरे अनि त्यसैमा अडिग रहे। वास्तवमा उनीहरू नै हानिबाट बचेका हुन्।

उत्तर: सुरह हुमजह र यसको तफ्सीर:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(वैलुल्लि कुल्लि हुमजतिल् लुमजह। अल्लजी जमअ मालौं व अद्ददह। यहसबु अन्न मालहु अख्लदह। कल्ला लयुनबजन्न फिल् हुतमह। वमा अद्राक मल् हुतमह। नारुल्लाहिल् मुकदह। अल्लती तत्तलिउ अलल् अफ्इदह। इन्नहा अलैहिम् मुअसदह। फी अमदिम् मुमद्ददह।) [अल्-हुमजह: १-९]
तफ्सीर:
१. (वैलुल्लि कुल्लि हुमजतिल् लुमजह): मानिसहरूको धेरै निन्दा (पछाडि कुरा गर्ने) गर्ने र तिनीहरूमा दोष लगाउनेहरूका लागि यो ठूलो विपत्ति र कठोर सजाय हो।
२. (अल्लजी जमअ मालौं व अद्ददह): जसको मुख्य उद्देश्य धन जम्मा गर्नु र त्यसलाई गन्नु मात्र हो, त्यस बाहेक उसको अरू कुनै उद्देश्य हुँदैन।
३. (यहसबु अन्न मालहु अख्लदह): उसले सोच्दछ, उसले जम्मा गरेको धनले उसलाई मृत्युदेखि बचाउनेछ र ऊ यो संसारमा सदा जीवित रहन्छ।
४. (कल्ला लयुनबजन्न फिल् हुतमह): यो अज्ञानीले सोचे जस्तो होइन; उसलाई अवश्य नै जहन्नमको आगोमा फ्याँकिनेछ, जसले आफ्नो कठोरताका कारण त्यसमा हालिएको हरेक चीजलाई कुचल्ने र टुक्र्याउने गर्छ।
५. (वमा अद्राक मल् हुतमह): हे सन्देष्टा! तपाईंलाई के थाहा त्यो आगो के हो, जसले त्यसमा हालिएको हरेक चीजलाई चकनाचुर पार्छ?!
६. (नारुल्लाहिल् मुकदह): यो अल्लाहको प्रज्वलित आगो हो।
७. (अल्लती तत्तलिउ अलल् अफ्इदह): जुन मानिसहरूको शरीर हुँदै उनीहरूको हृदयसम्म पुग्छ।
८. (इन्नहा अलैहिम् मुअसदह): निश्चय नै, त्यो (आगो) त्यसमा यातना भोग्नेहरूमाथि पूर्ण रूपमा बन्द गरिएको हुनेछ।
९. (फी अमदिम् मुमद्ददह): लामो खम्बाहरूभित्र थुनिएको हुनेछ, ताकि उनीहरू त्यसबाट बाहिर निस्कन नसकून्।

उत्तर: सुरह फील र यसको तफ्सीर:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(अलम् तर कैफ फअल रब्बुक बि अस्हाबिल् फिल। अलम यज‘अल कैदहुमं फी तजल्लील। वअर्सल ‘अलैहिम तैयरन् अबाबील। तर्मीहिम बिहिजारतिम् मिन् सिज्जील। फजअलहुम कअस्फिम्माअ्कूल। [अल्-फील: १-५]
तफ्सीर:
१. (अलम् तर कैफ फअल रब्बुक बि अस्हाबिल् फिल)
: हे रसूल! के तपाईंले थाहा छैन, तपाईंका रबले अब्रहा र उसका हात्तीका साथ आएका सेनासँग के गर्नुभयो, जब उनीहरूले काबा ध्वस्त गर्न चाहेका थिए?!
२. (अलम यजअल कैदहुम फी तजल्लील): अल्लाहले उनीहरूको काबा ध्वस्त गर्ने खराब योजनालाई विफल बनाउनुभयो। उनीहरूले काबाबाट मानिसहरूलाई हटाउने आफ्नो चाहना पूरा गर्न सकेनन् र त्यसबाट कुनै पनि लाभ प्राप्त गर्न सकेनन्।
३. (वअर्सल अलैहिम तैरन् अबाबील): उहाँले उनीहरूतर्फ चरा पठाउनुभयो, जो समूह–समूहमा आए।
४. (तर्मीहिम बिहिजारतिम् मिन् सिज्जील): जसले उनीहरूलाई पकाइएका माटोका ढुंगा हानीरहेका थिए।
५. (फजअलहुम कअस्फिम्माअ्कूल): अल्लाहले उनीहरूलाई जनावरहरूले खाएको र खुट्टाले कुल्चेको बालीको पातहरू जस्तै बनाउनुभयो।

उत्तर: सुरह कुरैश र यसको व्याख्या:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(लि इलाफि कुरैश। ई लाफिहिम् रिह्लतश्शिताइ वस्सैफ। फल् यअ्बुदु रब्ब हाजल् बैत। अल्लजी अत्अमहुम् मिन् जूअिउँ व आमनहुम् मिन् खौफ।) [सुरह कुरैश: १-४]
तफ्सीर:
१. (लि इलाफि कुरैश): यसको अर्थ हो उनीहरूले जाडो र गर्मीमा गर्ने यात्राको बानी।
२. (ई लाफिहिम् रिह्लतश्शिताइ वस्सैफ): जाडोको यात्रा यमनतर्फ र गर्मीको यात्रा शम (सिरियातर्फ) तर्फ सुरक्षित रूपमा गर्थे।
३. (फल् यअ्बुदु रब्ब हाजल् बैत): उनीहरूले केवल यस पवित्र काबाको प्रभु; अल्लाहको पूजा गरुन् र उहाँसँग कसैलाई साझेदार नगरुन्, किनभने उहाँले उनीहरूको यात्रा सहज बनाउनु भयो।
४. (अल्लजी अत्अमहुम् मिन् जूअिउँ व आमनहुम् मिन् खौफ): जसले उनीहरूलाई भोकमा खाना प्रदान गर्नुभयो र डरबाट सुरक्षित राख्नुभयो; किनभने उहाँले अरबको हृदयमा हरमको महत्त्व र यसको बासिन्दाप्रति श्रद्धा राख्नुभएको थियो।

उत्तर: सूरह माऊन र यसको तफ्सीर:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(अरअैतल्लजी युकज्जिबु बिद्दीन। फजालिकल्लजी यदुअ्अुल् यतीम। वला यहुज्जु अला तआमिल् मिस्कीन। फ वैलुल् लिल् मुसल्लीन। अल्लजीन हुम् अन् सलातिहिम् साहून। अल्लजीन हुम् युराऊन। व यम्नअूनल् माऊन्।) [सूरह अल्-माऊन: १-७]
तफ्सीर:
१. (अरअैतल्लजी युकज्जिबु बिद्दीन): “के तपाईंले त्यो मानिसलाई चिन्नुभएको छ जसले कयामतको दिनको प्रतिफललाई झुठो ठान्छ?”
२. (फजालिकल्लजी यदुअ्अुल् यतीम): उही व्यक्ति हो, जसले अनाथलाई कठोरतापूर्वक उसको आवश्यकता बाट वञ्चित गर्छ।
३. (वला यहुज्जु अला तआमिल् मसस्कीन): उसले नत आफूलाई नत अरूलाई गरिबलाई खाना खुवाउन प्रेरित गर्छ।
४. (फ वैलुल् लिल् मुसल्लीन): यस्ता प्रार्थना गर्नेहरूका लागि विनाश र सजाय हो।
५. (अल्लजीन हुम् अन् सलातिहिम् साहून): जो आफ्ना नमाजहरूको ख्याल गर्दैनन् र त्यसको समय खेर जान्छ तर केही वास्ता गर्दैनन्।
६. (अल्लजीन हुम् युराऊन): जसले दिखावा गर्नको लागि प्रार्थना र कर्म गर्छन् र आफ्नो कर्म केवल अल्लाहको लागि निष्कपट रूपमा गर्दैनन्।
७. (व यम्नअूनल् माऊन्): उनीहरूले अरूलाई सहयोग गर्नबाट रोक्छन्, जबकि त्यस सहयोगमा कुनै हानी हुँदैन।

उत्तर: सूरह “कौषर” र यसको तफ्सीर:
बिस्मिल्ला हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम हिर् रहमा निर्रहीम
(इन्ना आतैना कल् कौषर। फ सल्लि लिरब्बिक वन्हर्। इन्न शानिअक हुवल् अब्तर।) [सूरह अल्-कौषर: १-३]
तफ्सीर:
१. (इन्ना आतैना कल् कौषर): वास्तवमा, हे रसूल, हामीले तपाईंलाई प्रशस्त भलाइ प्रदान गरेका छौं, जसमा स्वर्गमा अल-कौषर नदी पनि समावेश छ।
२. (फ सल्लि लिरब्बिक वन्हर्): त्यसैले यस नेमतको लागि अल्लाहप्रति कृतज्ञता व्यक्त गर; केवल उहाँकै लागि नमाज पढ र कुर्बानी गर, मुशरिकहरूको विपरीत, जो आफ्ना मूर्तिहरूका लागि कुर्बानी गरेर नजिक हुने प्रयास गर्छन्।
३. (इन्न शानिअक हुवल् अब्तर): निश्चय नै तिम्रो शत्रु नै सबै भलाइबाट वञ्चित र बिर्सिएको व्यक्ति हो, जसको नाम लिइँदा खराब रूपमा मात्र लिइन्छ।

उत्तर: सुरह काफिरून र यसको तफ्सीर:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(कुल् या ऐयुुहल् काफिरून। ला आ बुदु मा तअ्बुदून। वला अन्तुम आबिदून मा अअ्बुद। वला अन आबिदुम् मा अबद्दुतुम्। वला अन्तुम आबिदून मा अअ्बुद। लकुम् दीनुकुम् वलिय दीन।) [अल् काफिरून्: १-६]
तफ्सीर:
१. (कुल् या ऐयुुहल् काफिरून): भन, हे पैगम्बर: ए अल्लाहका इन्कार गर्नेहरू हो!
२. (ला आ बुदु मा तअ्बुदून): म अहिले र भविष्यमा पनि तिमीहरूले पूजा गर्ने मूर्तिहरूको पूजा गर्दिनँ।
३. (वला अन्तुम आबिदून मा अअ्बुद): तिमीहरू पनि त्यसको पूजा गर्नेहरू होइनौ जसको म पूजा गर्छु र त्यो केवल एक मात्र अल्लाह हो।
४. (वला अन आबिदुम् मा अबद्दुतुम्): म पनि तिमीहरूले पूजा गरेका मूर्तिहरूको पूजा गर्नेवाला होइन।
५. (वला अन्तुम आबिदून मा अअ्बुद): तिमीहरू पनि त्यसको पूजा गर्नेहरू होइनौ जसको म पूजा गर्छु र त्यो केवल एक मात्र अल्लाह हो।
६. (लकुम् दीनुकुम् वलिय दीन): तिमीहरूका लागि तिमीहरूको त्यो धर्म छ, जुन तिमीहरू आफैंले आविष्कार गरेका छौ र मेरो लागि त्यो धर्म छ जुन अल्लाहले ममाथि अवतरित गर्नुभएको हो।

उत्तर: सूरह “नस्र” र यसको तफ्सीर:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(इजा जाअ नस्रुल्लाहि वल् फत्ह। व रअैतन्नास यदुखुलून फी दीनिल्लाहि अफ्वाजा। फ सब्बिह बिहम्दी रब्बिक वस्तग्फिर्हु इन्नहु कान तौव्वाबा।) [अन्-नस्र: १-३]
तफ्सीर:
१. (इजा जाअ नस्रुल्लाहि वल् फत्ह): हे पैगम्बर, जब तिम्रो धर्मका लागि अल्लाहको सहायता आउँछ र उहाँले शक्ति दिनुहुन्छ र मक्का विजय हुन्छ।
२. (व रअैतन्नास यदुखुलून फी दीनिल्लाहि अफ्वाजा): तपाईंले मानिसहरूलाई इस्लाममा ठूलो समूहबद्ध भएर प्रवेश गर्दै गरेको देख्नुहुन्छ।
३. (फ सब्बिह बिहम्दी रब्बिक वस्तग्फिर्हु इन्नहु कान तौव्वाबा): त्यसैले जान, यो तिमीलाई दिइएको दायित्व समाप्त हुन लागेको संकेत हो। तिम्रो आयु समाप्त भई तिमीले आफ्नो पालनहारसँग भेट गर्ने समय नजिकिएको संकेत पनि हो। त्यसैले आफ्नो रबको स्तुति गर, विजय र फतहको अनुग्रहका लागि उहाँप्रति कृतज्ञता व्यक्त गर र उहाँसँग क्षमा माग। निश्चय नै उहाँले आफ्ना बन्दाहरूको तोबा स्वीकार गर्नुहुन्छ र उनीहरूलाई माफी दिनुहुन्छ।

उत्तर: सूरह “मसद” र यसको तफ्सीर:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(तब्बत् यदा अबी लहबिन्व तब्ब। मा अग्ना अन्हु मा लुहु वमा कसब। स यस्ला नारन् जात लहब। वम्रअतुहु हम्मा लतल् हतब। फी जीदिहा हब्लुम् मिम् मसद्द।) [अल्-मसद: १-५]
तफ्सीर:
१. (तब्बत् यदा अबी लहबिन्व तब्ब): नबीका काका अबु लहब बिन अब्दुलमुत्तालिबका हात नष्ट भए, उनको कर्म पनि नष्ट भयो; किनभने उसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई हानि पुर्‍याउँथ्यो र उसको प्रयास असफल रह्यो।
२. (मा अग्ना अन्हु मा लुहु वमा कसब): उसको धन र सन्तानले उनलाई कुनै फाइदा दिएन; न त तिनीहरूले उसबाट सजाय टार्न सके, न त उनलाई दया ल्याउन सके।
३. (स यस्ला नारन् जात लहब): ऊ कयामतको दिन आगोको भट्टीमा प्रवेश गर्नेछ र त्यसको तातोपनाको पीडा भोग्नुहुनेछ।
४. (वम्रअतुहु हम्मा लतल् हतब): उनकी पत्नी उम्म जमील पनि त्यसमा प्रवेश गर्नेछिन्, जसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई दु:ख दिनको लागि उहाँको बाटोमा काँडा फ्याँक्ने गर्थिन्।
५. (फी जीदिहा हब्लुम् मिम् मसद्द): उसको घाँटीमा मजबुत डोरी बाँधिनेछ, जसले उनलाई आगो तर्फ घिसारिनेछ।

उत्तर: सूरह इख्लास र यसको तफ्सीर:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(कुल् हुवल्लाहु अहद्। अल्लाहुस्समद। लम् यलिद् व लम् यूलद्। व लम् यकुल्लहु कुुफुवन् अहद्।) [अल् इख्लासः १-४]
तफ्सीर:
१. (कुल् हुवल्लाहु अहद्): भन्नुहोस् हे रसूल! उहाँ अल्लाह हुनुहुन्छ र उहाँ बाहेक कोही सत्य उपास्य छैन।
२. (अल्लाहुस्समद): अर्थात्: सृष्टिका सबै आवश्यकताहरू उहाँको अगाडी पोखिन्छ।
३. (लम् यलिद् व लम् यूलद्): उहाँको न सन्तान छ न पिता; उहाँ निरपेक्ष हुनुहुन्छ।
४. (व लम् यकुल्लहु कुुफुवन् अहद्): उहाँको सृष्टिमध्ये कोही उहाँ जस्तो छैन।

उत्तर: सूरह फलक र यसको तफ्सीर:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(कुल् अऊजु बिरब्बिल् फलक। मिन् शर्रि मा खलक। व मिन् शर्रि गासिकिन इजा वकब। व मिन् शर्रिन्नफ्फासाती फिल् उकद्। व मिन् शर्रि हासिदिन् इजा हसद।) [अल-फलक: १-५]
त्फ्सीर:
१. (कुल् अऊजु बिरब्बिल् फलक): भन्नुहोस्, हे रसूल! म प्रभातको रबको शरण लिन्छु र उहाँसँग सहायता माग्छु।
२. (मिन् शर्रि मा खलक): सृष्टिका हानिकारक कुराबाट।
३. (व मिन् शर्रि गासिकिन इजा वकब): म रातमा हुने जनावर र चोरहरूको दुष्टताबाट अल्लाहसँग शरण माग्दछु।
४. (व मिन् शर्रिन्नफ्फासाती फिल् उकद्): म गाँठो फुक्ने बोक्सीहरूको दुष्टताबाट उहाँको शरण चाहन्छु।
५. (व मिन् शर्रि हासिदिन् इजा हसद): म ईर्ष्यालु व्यक्तिको दुष्टताबाट अल्लाहको शरण लिन्छु, जो अल्लाहको आशिषहरूमा ईर्ष्या गर्छ, ती आशिषहरू मानिसहरूबाट हटाउन र उनीहरूलाई हानि पुर्‍याउन चाहन्छ।

उत्तर: सूरह "नास" र यसको तफ्सीर:
बिस्मिल्ला हिर्रह्-मा निर्रहीम
(कुल् अऊजु बिरब्बिन्नास। मलिकिन्नास। इलाहिन्नास। मिन् शर्रिल् वस्वासिल् खन्नास। अल्लजी युवसव्विसु फी सुदूरिन्नास। मिनल् जिन्नति वन्नास।) [अन्नास: १-६]
तफ्सीर:
१. (कुल् हुवल्लाहु अहद): भन्नुहोस्, हे रसूल! म मानिसहरूको पालनकर्ता शरण लिन्छु र उहाँसँग सहायता माग्छु।
(मलिकिन्नास): उहाँले तिनीहरूलाई आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्नुहुन्छ; उहाँ बाहेक तिनीहरूको अरू कोही मालिक छैन।
३. (इलाहिन्नास): उहाँ उनीहरूका वास्तविक उपास्य हुनुहुन्छ, उहाँ बाहेक उनीहरूको कोही वास्तविक उपास्य छैन।
४. (मिन् शर्रिल् वस्वासिल् खन्नास): शैतानको दुष्टताबाट, जो मानिसहरूको हृदयमा कुरा खेलाउँछ।
५. (अल्लजी युवसव्विसु फी सुदूरिन्नास): जसले मानिसहरूको हृदयमा गलत प्रलोभन उत्पन्न गर्छ।
६. (मिनल् जिन्नति वन्नास): अर्थात्: मनमा कुरा खेलाउने मानिसहरूमध्ये पनि हुन सक्छ र जिन्नमध्ये पनि।
*******